चन्द्रनगर पोलिटेक्निकका दुई कार्यक्रम बन्द हुने संकट, गाउँपालिकाको पहल शुरु

सर्लाही । सिटिईभिटीले सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ बबरगञ्जस्थित चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटका दुई प्राविधिक शिक्षा कार्यक्रम बन्द गर्ने तयारी गरेपछि त्यसलाई रोक्नुपर्ने माग उठेको छ ।

सो विषयमा सिटिईभिटी मधेश प्रदेश प्रादेशिक कार्यालयका प्रमुख तथा उपप्रमुखसँग छलफल बैठक सम्पन्न भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

सिटिईभिटीका अनुसार शून्य पूर्वाधारमै सुरु गरिएको सो इन्स्टिच्युटमा आवश्यक पूर्वाधार अपुग भएकै कारण बारम्बारको अनुगमनपछि कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आएको हो ।

विगत एक वर्षदेखि उक्त इन्स्टिच्युटको पूर्ण आर्थिक अधिकार र जिम्मेवारी संचालन व्यवस्थापन समितिले लिएको भए पनि आवश्यक सुधार नभएको सिटिईभिटीको भनाइ छ ।

यता गत श्रावणमा बबरगञ्जमै बसेको बृहत् परामर्श बैठकले इन्स्टिच्युटको प्रभावकारी सञ्चालन र व्यवस्थापनका लागि पुनः जिम्मेवारी चन्द्रनगर गाउँपालिकालाई दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार गाउँपालिका अध्यक्ष राजकुमार महतोले सिटिईभिटी प्रादेशिक कार्यालयमा पहल थालेका हुन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय