कांग्रेसका कौडेना गाउँपालिका अध्यक्ष रूपेश कुमार ‘बब्लु’ यादवले छाडे पार्टी

सर्लाही । नेपाली कांग्रेसबाट निर्वाचित कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश कुमार ‘बब्लु’ यादवले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् ।

यादवले कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालाई सम्बोधन गर्दै आइतबार पार्टीको साधारण सदस्यता परित्याग गरेको पत्र दिएका हुन् ।

विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसमा आबद्ध भएर विभिन्न पद तथा तहमा रही पार्टीको सेवा गर्दै आएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसको टिकटबाट कौडेना गाउँपालिका अध्यक्षमा निर्वाचित भएर काम गर्दै आएको पनि उनले बताएका छन् ।

तर पछिल्लो समय बदलिएको नेपाली कांग्रेसप्रति असन्तुष्टि जनाउँदै यादवले पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय गरेको बताएका छन् ।

सभापति गगनकुमार थापालाई ‘अन्तिम शुभकामना’ दिँदै उनले आफ्नो साधारण सदस्यता आजकै मितिदेखि लागू हुने गरी परित्याग गरिदिन अनुरोध गरेका छन् ।

पार्टीमा रहँदा प्राप्त सहयोग, सहकार्य तथा विभिन्न अवसरका लागि उनले कांग्रेस नेतृत्वप्रति धन्यवादसमेत व्यक्त गरेका छन् ।

कौडेना गाउँपालिका–२ का यादव २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय