सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साहको ८५ वर्षको उमेरमा निधन भएको छ । उनको आज बिहान काठमाडौंमा निधन भएको हो ।
केही दिनअघि बिरामी परेपछि उपचारका लागि काठमाडौं पुगेका साहको उपचारकै क्रममा निधन भएको परिवारले जनाएको छ ।
साहको पार्थिव शरीर आजै सर्लाहीस्थित ब्रह्मपुरी गाउँपालिकामा ल्याएर अन्त्येष्टि गरिने उनका छोरा दिलीप साहले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष साहको निधनपछि ब्रह्मपुरी गाउँपालिकामा शोक छाएको छ ।



