रास्वपाका पूर्व नगर सभापति रामहरि न्यौपाने कांग्रेसमा प्रवेश

सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगरका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

न्यौपानेलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा टीका र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आबद्ध हुन पाउँदा खुसी लागेको बताए । मुलुक कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै उनले देशलाई सही निकास दिन कांग्रेस सभापति थापाको नेतृत्वमा पार्टी अघि बढिरहेकाले आफू कांग्रेसमा आबद्ध भएको बताए ।

कांग्रेसमा आबद्ध भएर आगामी दिनमा जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता पनि न्यौपानेले व्यक्त गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा सभापति थापाले न्यौपानेलाई कांग्रेसका नेता तथा कार्यकर्तासँग सहकार्य गर्दै सक्रिय भएर काम गर्न आग्रह गरे । न्यौपानेको कांग्रेस प्रवेशले सर्लाहीमा पार्टीको संगठन विस्तारमा थप सहयोग पुग्ने थापाले बताएका छन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय