मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–१ भेडैया सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५ किलो गाँजा बरामद गरेको छ ।
बि.ओ.पि. खुटौनाबाट स.प्र.नि. वीरेन्द्र कुमार कार्कीको कमाण्डमा खटिएको चार जनाको मोटरसाइकल गस्ती टोलीले भदौ २० गते राति १० बजे सीमा क्षेत्रमा गस्ती गर्ने क्रममा नेपालबाट भारततर्फ बोरा बोकेर जाँदै गरेका एक व्यक्तिलाई देखेको थियो ।
सुरक्षाकर्मीलाई देखेपछि ती व्यक्तिले बोरा सोही स्थानमा छाडेर भारततर्फ फरार भएका थिए । बोरा जाँच गर्दा १५ किलो गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, मलंगवा, सर्लाहीमा बुझाइएको छ । फरार व्यक्तिको खोजी भइरहेको जनाइएको छ ।



