आईएमई लाईफ इन्स्योरेन्स हरिवन शाखाद्वारा १३ लाखको मृत्युुदावी भुक्तानी ,स्थानियबासी हर्षित

राम नारायण साह
सर्लाही , साउन ३० गते ।

आई एम ई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयले सर्लाहीको हरिपुर नगरपालिका वडा न ५ मजुर्बामा १३ लाख मृत्युुदावी भुक्तानी गरेको छ । बिमा गरेको दुइ वर्ष पुरा नहुदै हरिपुर नगरपालिका वडा न ५ मजुर्बा निवासी ३० बर्षिय अजमद राजा मंसुरीको चैत्र १४ गते मृत्यु भएको थियो ।बैदेशिक रोजगारीकोलागी कतार गएका मंसुरी २०७७ चैत्र ९ गते नेपाल आएको मंसुरीको ५ दिन पछि अचानक पेटमा दर्द भइ मृत्युु भएको थियो

दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रमको संबोधन गर्दैआई एम ई लाईफ इन्स्योरेन्स कम्पनीका एजेन्सी बिजनश प्रमुख कर्मराज पौडेलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।

निधन पछि लगतै आई एम ई लाईफ इन्स्योरेन्स हरिवन शाखा कार्यालयका ब्रान्च मेनेजर राजेश साहले समयमै कम्पनिलाई जानकारी गराउन र कागजी प्रक्रिया अगाडि बढाउन धेरै सहयोग गरेको र कम्पनीको कर्मचारीले पनि राम्रो ब्यवहार र सहजीकरण गरि छिटो भुक्तानी गरिदिएको मृतक मंसुरीका बुवा इजरायल मंसुरीले सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

आईएमई लाईफ इन्स्योरेन्स प्रदेश २ का प्रमुख रबि शंकर सराफ , बीमा कम्पनीबाट पाउनुपर्ने रकम समयमै नपाउने, कागजी प्रकृया लामो र झन्झटिलो हुने अफवाहका कारण बीमा प्रति बढ्दै गैरहेको अविश्वसका विच आइ. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीले एक हप्ता भित्रै दावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको प्रदेश प्रमुख रबि शंकर सराफ बताए ।

हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी , वडा न ६ का अध्यक्ष इदि मंसुर आफनो गाउमा पहिलो पटकनै आई एम ई लाईफ इन्स्योरेन्स पिडित परिवार लाई घरमा आएर दावी भुक्तानीको चेक हस्तन्त्रण गरेकोले आई एम ई लाईफ इन्स्योरेन्सका सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिदै बिमा सबै नगरिकको लागि नभई नहुने कुरा भएकोले सम्पूर्ण नागरिकलाई आफनो आम्दानीको केही रकम भयपनि बीमामा लगाउन आग्रह गर्नुभयो

दावी भुक्तानीको चेक हस्तन्त्रण कार्यक्रममा हरिपुर नगरपालिका वडा ५ का अध्यक्ष मंसुर मिया अंसारी , वडा न ६ का अध्यक्ष इदि मंसुर मलंगवा उपशाखा प्रमुख धर्मनाथ ठाकुर ,हरिवन शाखा प्रमुख राजेश साह , एजेन्सी मैनेजर सर्वनारायण राय , राजकुमार राय ,कमलेश चौधरी ,जिवन प्रसाद साह लगायत सयौ स्थानिय बासीको सहभागिता भएको थियो। आफनै गाउघरमा पिडित परिवार लाई चेक हस्तन्त्रण गर्दा स्थानियबासी हर्षित भएका छन

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय