सर्लाही । सर्लाही प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागुऔषध दुर्व्यसनमा संलग्न व्यक्तिहरूको खोजी, पहिचान तथा नियन्त्रण अभियानलाई तीव्रता दिएको छ।
अभियानका क्रममा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीका अनुसार लागुऔषध दुर्व्यसनीहरूको खोजी तथा पहिचान गर्ने क्रममा बिहीबार प्रहरी चौकी गौरकालीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको नाम तथा अन्य विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन।
प्रहरीका अनुसार जिल्लाका विभिन्न स्थानमा लागुऔषधको प्रयोग तथा दुर्व्यसन नियन्त्रणका लागि खोजी, पहिचान र निगरानी अभियान निरन्तर सञ्चालन भइरहेको छ।
लागुऔषधजन्य गतिविधि नियन्त्रण गर्न आगामी दिनमा समेत निगरानीलाई थप प्रभावकारी बनाउँदै दुर्व्यसनमा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



