असार महिनाका ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ बने सिरहाका प्रहरी निरीक्षक विशाल मल्ल

जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले असार २०८३ महिनाका लागि इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषणा गरेको छ।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओमप्रसाद अधिकारीले मंगलबार आयोजित विशेष कार्यक्रममा प्रहरी निरीक्षक मल्ललाई प्रशंसा–पत्रसहित पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरे।
प्रहरी निरीक्षक मल्लले आफ्नो कार्यक्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन, नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न र जिम्मेवारीलाई व्यावसायिक ढंगले निर्वाह गरेको मूल्यांकनका आधारमा यो सम्मान प्रदान गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीको हौसला बढाउने, सेवाप्रति थप जिम्मेवार बनाउने तथा कार्यसम्पादनमा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने उद्देश्यले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ अनुसार हरेक महिना ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गर्दै सम्मान गर्दै आएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय