क्षमायाचनासहित भुल सुधार

प्रदेश डायरी डट कममा मिति २०८३/०१/१२ गते प्रकाशित एक समाचार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
उक्त समाचार एक व्यक्तिबाट प्राप्त मौखिक जानकारीका आधारमा तयार गरिएको थियो। सो क्रममा सम्बन्धित विषय बुझ्ने उद्देश्यले सम्बन्धित पक्षसँग फोनमार्फत सम्पर्क गरी जानकारी लिने प्रयास गरिएको थियो र थप बुझ्न अन्य स्रोतसँग पनि समन्वय गरिएको थियो। तथापि, पर्याप्त तथ्यगत पुष्टि नगरी हतारमा समाचार प्रकाशन भएको रहेछ, जसमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी जवान अजय शहनीको नाम समेत समावेश हुन गएको थियो।
समाचार प्रकाशित भएलगत्तै सो विवरण पुष्टि नभएको पाइएकाले सम्बन्धित व्यक्तिको नाम तत्काल हटाई सामग्री सच्याइएको छ। साथै, यस सम्बन्धमा न्युज डेस्कमा कार्यरत कर्मचारीलाई आवश्यक निर्देशन तथा सचेत गराइएको छ।
हामीले पर्याप्त पुष्टि बिना सामग्री प्रकाशन गर्दा हुन गएको त्रुटिप्रति गम्भीर आत्मालोचना गर्दै यसबाट सम्बन्धित प्रहरी जवान अजय शहनीको व्यक्तिगत प्रतिष्ठा, सेवा जीवन तथा निजि जीवनमा पर्न गएको असरप्रति हार्दिक खेद व्यक्त गर्दछौं र सादर क्षमायाचना गर्दछौं।
भविष्यमा यस्ता त्रुटिहरू दोहोरिन नदिन तथ्य पुष्टि प्रक्रिया अझ कडाइका साथ पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

प्रदेश डायरी डट कम
सम्पादक : सरोज यादव

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर