झुठा विवरणमा नागरिकता दिलाएको आरोपमा मलङ्गवा – ७ का वडाध्यक्ष पक्राउ 

सर्लाही । झुठो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा मलङ्गवा नगरपालिका–७ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार नागरिकता सम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि उनलाई आज दिउँसो नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी तथा डिएसपी सरोज राईका अनुसार वडाध्यक्षले रामविश्वास रायलाई गलत विवरण प्रयोग गरी नागरिकता बनाउन सहयोग गरेको आशंकामा पक्राउ गरिएको हो। सोही मुद्दामा आजै सर्लाही जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

यसअघि झुठो विवरणका आधारमा नागरिकता जारी भएको घटनामा वडाध्यक्षको संलग्नता देखिएको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले गत वैशाख २२ गते नै आवश्यक अनुसन्धान गर्न निर्देशन दिएको थियो। घटनाबारे थप तथ्य संकलन र संलग्नता पुष्टि गर्न अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय