सूचना संयोजनदेखि फोर्स परिचालनसम्म, हवल्दार थापा ‘टप परफर्मर’

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी हवल्दार बिनिता थापा २०८२ असोज महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएकी छन् । संचार संयोजनदेखि फिल्ड सहकार्यसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै थापाले संगठनको छवि उकास्न उल्लेखनीय योगदान दिएकी भन्दै कार्यालयले सम्मान गरेको हो ।

पर्साको खलवाटोल, सिर्सिया प्रहरी चौकी संचार दरबन्दी भई हाल सर्लाहीमा खटिएकी थापाले जिल्लाभरका चाडपर्व, धार्मिक कार्यक्रम, दैवी विपद्, जेनजी समूहका आन्दोलन तथा कानुनविपरीत गतिविधिमा सूचनाको तत्काल व्यवस्थापन गर्दै प्रहरी परिचालनमा निर्णायक सहकार्य गरेकी छन् ।

उनी तालुकबाट प्राप्त नीति तथा निर्देशन स्पष्ट रूपमा मातहत युनिटमा प्रवाह गर्दै घटनाको निरन्तर फलो – अप तथा शीघ्र निर्णय प्रक्रियामा सक्रिय रहिन् । थापाले अनुशासित भएसँगै लगनशील, इमानदार र कर्तव्यनिष्ठ भई शान्ति – सुरक्षा कायम र आपराधिक गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएकी प्रहरीले जनाएको छ ।

उनको कामबारे सकारात्मक मूल्यांकन गर्दै सर्लाही प्रहरीले असोज महिनाको पुलिस अफ द मन्थ उपाधि प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय