डा. अमरेश सिंहको आव्हान : “खरानीमाथिबाट नयाँ नेपालको निर्माण गरौं”

सर्लाही । देश अभूतपूर्व संकटमा रहेको बेला डा. अमरेश सिंहले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति दिएका छन् । उनले जेन–जि पुस्ताले सुरु गरेको आन्दोलनलाई केवल विनाशको कथा नभई नयाँ सुरुवातको संकेतका रूपमा व्याख्या गरेका छन् ।

सिंहका अनुसार सडकमा उत्रिएका सयौं युवाको रगत, बलिदान र पीडा व्यर्थ जानु हुँदैन । “यो केवल सत्ता परिवर्तनको माग होइन, न्याय, समानता र भविष्यको खोजी हो,” उनले लेखेका छन् ।

उनले देशका संरचना भत्किएको, प्रहरी चौकी जलेको, अदालत जलाइएको र कैदी भागेको घटनालाई उदाहरण दिँदै पहिले नै देश दुर्घटनामा फस्ने चेतावनी दिएको स्मरण गराएका छन् । “आज खरानीमाथिबाट नयाँ नेपालको बीउ उम्रन सक्छ। युवाले पसिना, ज्ञान र सिर्जनशीलताबाट मुलुक उठाउनुपर्छ,” सिंहले उल्लेख गरेका छन् ।

यो आन्दोलनलाई सम्पूर्ण नेपालीको साझा लडाइँका रूपमा व्याख्या गर्दै उनले आमाबाबुलाई सन्तानको बलिदान व्यर्थ हुन नदिने प्रतिज्ञा गर्न आग्रह गरेका छन् ।

अन्त्यमा, नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका छन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय