सर्लाही । जिल्लामा बढ्दो विद्यालय सवारी दुर्घटनालाई मध्यनजर गर्दै सर्लाहीमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ ।
बुधबार मलंगवा नगरपालिका –१० स्थित जिल्ला प्रशासन कार्यालयको सभा हलमा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको संयोजकत्वमा छलफल तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक रोजेश घिमिरे, प्याब्सन (PABSON) सर्लाहीका जिल्ला अध्यक्ष सागर गिरी सहित पदाधिकारी तथा जिल्लाभित्रका निजी विद्यालयका संचालकहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालयका सवारी साधन सुरक्षित सञ्चालन गर्ने, चालकलाई आवश्यक तालिम दिने, गति नियन्त्रण गर्ने, ट्राफिक नियमको कडाइका साथ पालना गर्ने लगायतका विषयमा विशेष जोड दिइएको थियो ।




