प्रहरी सेवामा ‘नोकर संस्कार’ ? सहयोगीहरू हाकिमकै घरमा खटाइने गरेको गुनासो

काठमाडौँ । दरबन्दीअनुसार कार्यालयमा खटिनुपर्ने प्रहरी सहयोगीलाई उच्च प्रहरी अधिकारी तथा पदस्थ व्यक्तिहरूको निजी आवासमा पठाउने गरिएको गुनासो सार्वजनिक भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत सुरक्षा सेवा व्यवस्थापन महाशाखा नक्सालमार्फत सहयोगीलाई विभिन्न हाकिमको घरमा कार्यका लागि पठाइन्छ । तर त्यहाँ उनीहरूलाई तोकिएको जिम्मेवारीभन्दा फरक निजी काम लगाइने, कार्यअवधिभन्दा बढी समय खटाइने र यसरी सेवा दिँदा मानसिक तनाब र आत्मबलमा गिरावट आउने गरेको पीडितहरूको प्रहरीहरुको भनाइ छ ।

प्रहरी सेवामा रहेर पनि आफूलाई सामान्य घरेलु नोकरझैँ व्यवहार गरिएको अनुभव उनीहरूले सुनाएका छन् । हाकिमहरूको आवासमा खटिँदा तल्लो स्तरको गालीगलौज र धम्कीपूर्ण व्यवहार सहनुपर्ने अवस्था रहेको उनीहरूको आरोप छ ।

संगठनभित्रै यस्ता असंगत अभ्यास बढ्दा प्रहरी सेवाप्रति नै विश्वासमा आँच आउने चेतावनी दिइएको छ । पीडितहरू भन्छन्, “यदि प्रहरी सहयोगीलाई हाकिमकै घरमा पठाउने हो भने दरबन्दी वा काज पनि त्यहीँ तोकिनुपर्छ ।”

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय