लेखापाल आएपछि स्वास्थ्य कार्यालय प्रमुख कार्यालय छोडेर बेपत्ता

सर्लाही — जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीमा अर्थ मन्त्रालयले पठाएको लेखापाल हाजिर गराउनुपर्ने बेला कार्यालय प्रमुख डा. नवलकिशोर झा सम्पर्कविहीन भएका छन् । असार मसान्तको समयमा मन्त्रालयबाट लेखापाल ज्ञानेन्द्रकुमार यादव हाजिर गराउन कार्यालय पुगेका थिए ।

लेखापाल यादव बिहीबार बिहान सरुवा र रमाना पत्रसहित कार्यालय पुगेका थिए । उनले कार्यालय प्रमुख झालाई पत्र बुझाएलगत्तै डा. झा चस्मा र कार्यालयको साँचो टेबलमै छोडेर बाहिरिए र मोबाइलसमेत स्विच अफ गरेका थिए ।

कार्यालय प्रमुख लामो समयसम्म सम्पर्कमा नआएपछि कार्यालयका दोस्रो वरियताका कर्मचारी, तथ्यांक अधिकृत लालबाबु रायले लेखापाल यादवलाई हाजिर गराए ।

यसअघि स्वास्थ्य कार्यालयको लेखा शाखाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयका लेखापाल रामगणेश यादवले सम्हाल्दै आएका थिए । तर मन्त्रालयबाट नयाँ लेखापाल आएपछि कार्यालय प्रमुखले उनलाई हाजिर गराउन नचाहेको देखिएको छ ।

असारको अन्त्यमा आर्थिक वर्ष सकिने भएकाले लेखापालको उपस्थिति आवश्यक हुन्छ । यस्तै समयमा प्रमुखकै अनुपस्थितिले कार्यालयको कामकाजमा अवरोध पुगेको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय