दलित बिपन्न बालबालिकालाई निशुल्क शिक्षा, छात्रालाई विवाहमा एक लाख सहयोग: सगरमाथा स्कुलको ऐतिहासिक घोषणा

सर्लाही — हरिपुर्वा नगरपालिका अन्तर्गत बसन्तपुरमा सञ्चालित श्री सगरमाथा इङ्ग्लिस बोर्डिङ स्कुलले सामाजिक न्याय र समानताको उदाहरणीय पहल गर्दै दलित समुदायका अत्यन्तै विपन्न वर्ग, विशेष गरी मुसहर र डोम जातिका बालबालिकाहरूका लागि निशुल्क शिक्षाको व्यवस्था गरेको छ।

विद्यालयका संचालक विनोद यादवका अनुसार यो कार्यक्रम विशेष रूपमा हरिपुर्वा नगरपालिकाका बासिन्दालाई लक्षित गरी लागू गरिएको हो, जसको उद्देश्य समाजका पछाडि परेका वर्गका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु हो।

विद्यालयले शिक्षाको पहुँचबाट टाढा रहेका समुदायका बालबालिकालाई आधुनिक, प्रतिस्पर्धात्मक र समावेशी शिक्षा प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन योगदान पुर्‍याउने लक्ष्य लिएको छ।

अझ उल्लेखनीय कुरा के छ भने, यस विद्यालयमा अध्ययनरत छोरीहरूले २० वर्ष उमेर पूरा गरेपछि विवाह गर्दा विद्यालयको तर्फबाट रु. १,००,००० (एक लाख रुपैयाँ) सम्मको विवाह खर्च सहयोग प्राप्त गर्नेछन्।

संचालक यादव भन्छन्, “दलित समुदायका छोराछोरी शिक्षाबाट बञ्चित नहोस् भन्ने हाम्रो प्रमुख उद्देश्य हो। यो कार्यक्रम नेपालमै पहिलोपटक यस्तो स्वरूपमा सुरु गरिएको हो भन्ने हामीले गर्वका साथ भन्न सक्छौं।”

विशेष जानकारीका लागि विद्यालयका संचालक श्री विनोद यादवसँग सम्पर्क गर्न सकिन्छ।
मोबाइल नं.: ९८४४०८७७५६

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय