राराब कलेजमाथि कानुनी प्रश्न– विद्यार्थी युनियन चुनाव किन रोकियो ?

जनकपुरधाम : स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) चुनाव लामो समयदेखि नगरेको विषयमा जनकपुरस्थित राराब कलेज कानुनी संकटमा परेको छ । जनकपुर उच्च अदालतले कलेज प्रशासनलाई संविधान अनुसार किन चुनाव नगरिएको हो भनी स्पष्ट पार्न कारण देखाउ आदेश जारी गरेको हो ।

शैलेन्द्र कुमार मण्डलद्वारा दायर गरिएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै अदालतले कलेजसँग नियमित विद्यार्थी युनियन चुनाव नगर्नुका कारण मागेको हो । रिट निवेदकको तर्फबाट बहस गर्दै अधिवक्ता विमल कुमार मिश्रले विद्यार्थीको नेतृत्व विकास र अधिकार सुनिश्चिततामा कलेज प्रशासनले अवरोध पुर्‍याएको दाबी गरे ।

उनको तर्कमा स्ववियु चुनाव नगर्नुले विद्यार्थीहरूको सहभागिता र सशक्तीकरणको अवसर खोसिएको उल्लेख गरिएको थियो । अदालतले अबको म्यादभित्र लिखित जवाफ पेश गर्न कलेजलाई निर्देशन दिँदै उक्त मुद्दालाई थप गम्भीरता साथ अगाडि बढाएको छ ।

@

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय