सर्लाही पुगेर डिआइजी ओमप्रसाद अधिकारीको सुरक्षा समीक्षा, प्रहरीलाई नागरिकमुखी सेवामा जोड

सर्लाही । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले सर्लाही जिल्लाको सुरक्षा अवस्था र प्रहरी कार्यसम्पादनको समीक्षा गर्दै आवश्यक निर्देशन दिएका छन्।

हालै मधेश प्रदेश प्रहरीको नेतृत्व सम्हालेका डिआइजी अधिकारीले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले जिल्लाको पश्चिमी क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय बरहथवासहित अन्य केही प्रहरी युनिटको समेत अनुगमन गरेको स्रोतले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीमा आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रनाथ पौडेलले जिल्लाको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी गतिविधिबारे प्रस्तुतीकरणसहित जानकारी गराएका थिए। कार्यक्रममा जिल्लाभरका विभिन्न प्रहरी युनिटका प्रमुखहरूको सहभागिता रहेको थियो।

निरीक्षणपछि डिआइजी अधिकारीले प्रहरी संगठनलाई नागरिकमैत्री, उत्तरदायी र सुशासनमा आधारित सेवा प्रवाहतर्फ केन्द्रित हुन निर्देशन दिएका छन्। उनले नागरिक सर्वोच्चताको भावना आत्मसात गर्दै कानुनको निष्पक्ष कार्यान्वयन, प्रभावकारी सुरक्षा व्यवस्थापन तथा समसामयिक चुनौतीलाई ध्यानमा राखेर काम गर्न मातहतका प्रहरी अधिकृतहरूलाई आग्रह गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

निरीक्षण सम्पन्न गरेपछि डिआइजी अधिकारी जनकपुर फर्किएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय