डीआईजी भट्टराईको कमान्डमा सुदूरपश्चिम प्रहरीको उल्लेखनीय सफलता

काठमाडौ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट नतिजा हासिल गरेको छ ।

व्यावसायिक नेतृत्व, प्रविधिमैत्री कार्यशैली र प्रभावकारी सुरक्षा व्यवस्थापनका कारण प्रदेश प्रहरी संगठनभित्र मात्र होइन, नागरिकमाझ पनि विश्वास बढाउन सफल भएको छ ।

प्रहरी सेवालाई थप सहज र पारदर्शी बनाउन धनगढीलगायत क्षेत्रमा डिजिटल उजुरी प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरिएको छ । साथै, सेवाग्राहीलाई उजुरीको अवस्थाबारे एसएमएसमार्फत नियमित जानकारी दिने प्रणालीलाई समेत सुदृढ बनाइएको छ ।

सार्वजनिक सुरक्षा सुदृढीकरण, साइबर अपराध नियन्त्रण तथा प्रविधिमा आधारित अनुसन्धानलाई प्राथमिकतामा राख्दै ‘ह्याक फर सेफ्टी’ जस्ता नवप्रवर्तनमुखी कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिएका छन् । यस्ता अभियानले आधुनिक प्रहरी सेवाको विकासमा सकारात्मक योगदान पुर्‍याएको छ ।

सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाउनुका साथै भारतका विभिन्न स्थानमा समस्यामा परेका नेपाली नागरिकको उद्धार, मानव बेचबिखन तथा ठगीमा संलग्न सञ्जालविरुद्ध प्रभावकारी कारबाही अघि बढाइएको छ ।

डीआईजी भट्टराईको अनुशासित, नतिजामुखी र प्रविधिमैत्री नेतृत्वकै कारण सुदूरपश्चिम प्रदेश प्रहरीले आन्तरिक कार्यसम्पादनमा उत्कृष्ट अंक हासिल गर्दै प्रभावकारी र भरोसायोग्य प्रहरी संगठनका रूपमा आफ्नो पहिचान थप बलियो बनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय