मलंगवा । नेपाल फार्मेसी संघ सर्लाही जिल्ला समितिको प्रथम अधिवेशनबाट संजय कुमार सिंहको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवगठित समितिको उपाध्यक्षमा अरुण यादव र अर्चना यादव चयन भएका छन् भने महासचिवको जिम्मेवारी प्रविण यादवलाई दिइएको छ। सचिवमा मधुरेन्द्र सिंह र कोषाध्यक्षमा हिरेन्द्र यादव चयन भएका छन्। यस्तै, सदस्यहरूमा नितेश कुमार राय, मनोज अधिकारी, सिवेन्द्र कुमार साह, सन्दिप कुमार मण्डल, चन्द्रप्रभा यादव, आदित्य अधिकारी, प्रीति तिवारी र अंजना सिंह रहेका छन्।
मलंगवा नगरपालिका–२ स्थित राजशी चोकमा आयोजित अधिवेशन कार्यक्रममा सर्लाही जिल्ला संयोजक प्रविण यादव र मधेश प्रदेश अध्यक्ष मुकेश साहको अध्यक्षता रहेको थियो। अधिवेशनमा संघका केन्द्रीय सदस्य शिवकुमार मिश्रा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
अधिवेशनले सर्लाही जिल्लामा फार्मेसी पेशाको सुदृढीकरण, संगठन विस्तार तथा पेशागत अधिकारको संरक्षण र प्रवर्द्धनका लागि महत्वपूर्ण निर्णयहरू गरिने विश्वास आयोजकले व्यक्त गरेका छन्।



