जनकपुर । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्दै पहिलो निर्णयका रूपमा मधेस आन्दोलनका शहीदहरूलाई ‘मधेस रत्न’ सम्मान प्रदान गर्ने घोषणा गरेका छन्।
मधेसमा सङ्घीयता स्थापना गर्न शहीदहरूको अतुलनीय योगदान रहेको उल्लेख गर्दै उनले शहीद परिवारलाई आर्थिक सहयोग भए पनि औपचारिक रूपमा सम्मान अझै नभएको बताए।
साथै, प्रदेशमा शान्ति–सुव्यवस्था मजबुत बनाउन सुरक्षा निकायलाई चुस्त दुरुस्त रहन निर्देशन पनि दिएका छन्।
कात्तिक २३ गते मुख्यमन्त्री नियुक्त भएका यादवले कात्तिक २४ गते शपथ ग्रहण गरेका हुन्।



