धनुषामा ४७५ किलो गाँजा बरामद : इन्स्पेक्टर यादवको सफल अपरेसन

धनुषा । धनुषाको विदेह नगरपालिका – ३ जोगियाराबाट लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय ढल्केवरले ठूलो सफलता हात पारेको छ । मंगलबार बिहान गरिएको अपरेसनमा प्रहरीले ४ सय ७५ किलोग्राम गाँजा बरामद गर्दै दुई जना पक्राउ गर्न सफल भएको हो ।

अपरेसनको नेतृत्व इन्स्पेक्टर जटाशंकर यादवले गरेका थिए । विशेष सूचनाका आधारमा गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्रबजार नजिकैबाट प्र.३–०१–०२४ च ८३२५ नम्बरको पिकअप गाडी रोक्दा गाँजा ओसार्दै गरेका दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ का २४ वर्षीय बिराज गुम्बा र बाँकेको कोहलपुर पार्वतीपुरका १८ वर्षीय किशोर रहेका छन् । उनीहरूले धरानबाट गाँजा ल्याई विदेह नगरपालिका–३, जोगियारास्थित इट्टाभट्टामा राखेको खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बरुण बहादुर सिंहले जनाएको छ । सोही स्थानमा तलासी गर्दा १९ बोरा गाँजा बरामद भएको हो ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय