पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री बन्ने, आजै शपथ ग्रहण

काठमाडौ । शीतलनिवासमा भएको सहमतिअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने निर्णय भएको छ। उनी आजै प्रधानमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको शीतलनिवास स्रोतले जनाएको छ।

प्रतिनिधि सभा विघटनसँगै नयाँ सरकार गठनको बाटो खोलिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले बिहानैदेखि राजनीतिक दलका शीर्ष नेता, प्रधानसेनापति तथा आन्दोलनरत जेनजीका प्रतिनिधिसँग व्यापक परामर्श गरेपछि यो निष्कर्षमा पुगेका हुन्।

अन्तरिम सरकार प्रमुखका रूपमा अघि सारिएकी कार्कीले संसद् विघटनसमेतको माग जेनजी आन्दोलनको साझा अडान भएको बताउँदै आफू पनि त्यही ढाँचामा अघि बढ्ने स्पष्ट संकेत गरेकी छन्।

नेपालकी पहिलो महिला प्रधानन्यायाधीश रहिसकेकी सुशीला कार्की अब मुलुकको अन्तरिम प्रधानमन्त्री बन्ने भएकी छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय