सुटकेसमा रुबिको शव फेला परेको घटनाका आरोपी लक्ष्मण पासवान जलेको अवस्थामा भेटिए

रौतहट । रौतहटमा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी जलेको अवस्थामा भेटिएका छन् ।

आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएर अस्पताल पुर्‍याएको छ र घटनाबारे अनुसन्धान जारी राखेको छ । गत शनिबार गौर बजार जान भनेर डेराबाट निस्किएकी रुबीको शव सुटकेसमा प्याक गरेको अवस्थामा भेटिएको थियो ।

आरोपी पासवानले नहर अगाडि आफैले पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेको स्थानियले बताएका छन् । उनले आफैले आफ्नो शरीरमा आगो लगाएको अवस्थामा भेटिएका हुन् ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय