सर्लाही । केश्वर गरिब जनता माध्यमिक विद्यालय, हरिपुर्वा नगरपालिका–५ बाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरू सफल भएका छन् । विद्यालय प्रशासनले यस सफलतामा खुसी व्यक्त गर्दै सबै उत्तीर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना दिएको छ ।
यसपटक विद्यालयका रोहित महतोले 3.95 GPA (98.75%) हासिल गरी विद्यालय तथा समुदायको गौरव बढाएका छन् । उनको अथक मेहनत, नियमित अध्ययन र दृढ इच्छाशक्तिको परिणामस्वरूप प्राप्त यस उपलब्धिलाई विद्यालयले अत्यन्तै प्रेरणादायी उपलब्धिका रूपमा लिएको छ ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूका अनुसार, यो नतिजा सम्पूर्ण विद्यालय समुदायको सहकार्य, मेहनत र शिक्षाप्रतिको समर्पणको सजीव उदाहरण हो । विद्यालयले आगामी दिनमा अझ राम्रो शैक्षिक गुणस्तर कायम राख्दै धेरै विद्यार्थीहरूलाई उत्कृष्ट परिणाम ल्याउन प्रेरित गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
विद्यालय परिवारले सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक र सहयोगीहरूलाई धन्यवाद दिँदै सफल विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेको छ ।



