हरिवन क्षेत्रमा ‘समुदाय–प्रहरी साझेदारी’ अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न

सर्लाही । सर्लाहीको हरिवन क्षेत्रका विभिन्न प्रहरी इकाइहरूले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत सचेतनामूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

सोमबार सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय हरिवन, हजरिया, हिरापुर, मुर्तिया, प्रहरी चौकी कविलासी र बहादुरपुर तथा अस्थायी प्रहरी पोस्ट पचगछियाको समन्वयमा विभिन्न स्थानीय तहका जनप्रतिनिधि, भद्रभलाद्मी, बुद्धिजीवी, समाजसेवी र सर्वसाधारणको उपस्थिति थियो ।

कार्यक्रममा लागू औषधको दुरुपयोग, बाल विवाह, सवारी दुर्घटना, जबरजस्ती करणी, मानव बेचबिखन र ओसारपसारजस्ता सामाजिक अपराधबारे छलफल गरिएको थियो ।

प्रहरीका अनुसार समुदायमा यस्ता गतिविधिबाट हुने जोखिमबारे जानकारी दिनु र नागरिकलाई सजग बनाउनु कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रममा सहभागिहरूले यस्ता सचेतनामूलक पहलहरू नियमित रूपमा हुनुपर्नेमा जोड दिएका थिए ।

प्रहरी र समुदायबीचको विश्वास र सहकार्यलाई बलियो बनाउन यस्ता कार्यक्रमले टेवा पुर्‍याउने विश्वास आयोजकको छ ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय