प्रेमीलाई प्रेमिका ‘लेभल १०’ मार्सल आर्टमा ढालिन्, अस्पताल पुग्दा बल्ल बुझे प्रेम कस्तो हुन्छ!

सिरहाको गोलबजारमा प्रेम सम्बन्धले यस्तो मोड लियो, जसलाई “घाँटीसम्म प्रेम” भन्ने ठाडो अर्थ लाग्ने भयो। करिब २४ वर्षीय अशोककुमार महतो आफ्नो प्रेमिकाको मायामा डुबेका मात्र होइनन् — अब त उनको घाँटीमै प्रेमको छुरा परेको छ!

गोलबजार–४ मा डेरा गरी बस्दै आएका अशोक महतोका लागि बिहीबारको अपराह्न् प्रेममय वातावरणको अपेक्षा थियो होला। तर प्रेमिकासँग कोठामा केही बेर बिताएपछि परिस्थितिले यति रोमाञ्चक मोड लियो कि उनले कोठाभित्रै घाँटीमा छुरा पाए।

प्रेमिकाको भनाइ अनुसार त “आत्मरक्षा” थियो रे। तर स्थानीयको भनाइ के छ भने — केही दिनदेखि ती किशोरी बारम्बार प्रेमीको कोठामा आउजाउ गरिरहेकी थिइन्। यसपालि पनि आउँदा प्रेमको फूल होइन, छुरा बोकेर आइन् भन्ने अब खुलेको छ।

छुरा प्रहार गरेपछि भाग्ने प्रयास गरिरहेकी किशोरीलाई स्थानीयले ‘प्रेमको प्रहारको’ प्रतिक्रिया स्वरूप समाते र कुटपिट गरे। अहिले किशोरीको अवस्था सामान्य छ, र उनी ‘प्रेमको कारागार’ अर्थात प्रहरी निगरानीमा अस्पतालमा छन्।

सिरहा प्रहरीको भनाइ अनुसार, “किन छुरा प्रहार भयो भनेर अनुसन्धान गरिरहेकै छौं। प्रेमपत्र होइन, अब जाहेरी अनुसार मुद्दा चल्नेछ।”

यसो सुन्दा लाग्छ — अबको प्रेममा ‘गुलाबको फूल’ होइन, ‘स्टिलको छुरा’ सायद नयाँ ट्रेन्ड बन्दैछ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय