नेपाली सेनाद्वारा सर्लाहीको हीरापुरमा निर्मित बर्थिङ सेन्टर भवन नगरपालिकालाई हस्तान्तरण

सर्लाही — नेपाली सेनाले सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा निर्माण सम्पन्न गरेको बर्थिङ सेन्टर भवन आज औपचारिक रूपमा बरहथवा नगरपालिकालाई हस्तान्तरण गरेको छ।

सो बर्थिङ सेन्टर भवन नेपाली सेना मध्य पूर्वी पृतना, बर्दीवास महोत्तरी अन्तर्गत भैरवी दल गणले शीघ्र प्रभावी आयोजना अन्तर्गत निर्माण गरेको हो। कुल ४५ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको भवन नगरको मातृस्वास्थ्य सेवा प्रवर्द्धनमा सहयोगी हुने विश्वास लिइएको छ।

भवन हस्तान्तरण कार्यक्रममा पृतनापति तथा उपरथि कृष्णबहादुर जिसीले उक्त भवन बरहथवा नगरपालिकाकी नगरप्रमुख कल्पनाकुमारी कटुवाललाई औपचारिक रूपमा हस्तान्तरण गरे।

नगरप्रमुख कटुवालले नेपाली सेनाप्रति धन्यवाद व्यक्त गर्दै भवनको प्रयोग स्थानीय महिलाहरूको सुरक्षित सुत्केरी सेवा प्रवाहमा महत्वपूर्ण हुने बताइन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सेनाका अधिकारीहरूको उपस्थिति रहेको थियो।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय