सर्लाही । सर्लाही सदरमुकाम मलंगवामा आजदेखि दुई दिने आधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । नेपाल पत्रकार महासंघ सर्लाहीकी उपाध्यक्ष बन्दना झाको समन्वयमा महेन्द्र होटलमा आयोजना गरिएको तालिमको उद्घाटन विशेष समारोहबीच सम्पन्न भयो ।
तालिम उद्घाटन समारोहको अध्यक्षता बन्दना झाले गरेकी हुन् भने प्रमुख अतिथिका रूपमा कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्ण सहभागी भइन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, नेपाली कांग्रेसका नेता विनय कर्ण, सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख देव बहादुर चन्द, जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज राई, र पहिचान नेपालका जिल्ला परियोजना संयोजक अब्दुल सहमद (नगमा) सहितका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
तालिम तराई मधेस कानुन विधार्थी समाजको संयोजनमा र कविलासी नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको हो । पत्रकारिता क्षेत्रका प्रशिक्षक मनोज कुमार यादव र रामबाबु खडकाले सहजीकरण गर्ने तालिममा कविलासी नगरपालिकाका ४५ जना विद्यार्थी सहभागी छन् ।
दुई दिनसम्म सञ्चालन हुने यस तालिमले पत्रकारिता क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूलाई प्रारम्भिक ज्ञान प्रदान गर्ने उद्देश्य राखिएको आयोजकहरूले बताएका छन् ।



