सार्वजनिक समस्या समाधानमा देखिएको ढिलाइप्रति नागरिक प्रतिनिधिहरूको प्रजिअलाई ध्यानाकर्षण

सर्लाही, जेठ २ – सर्लाहीको सदरमुकाम मलंगवामा वर्षौंदेखि जटिल बन्दै आएका जनसरोकारका समस्या— हुलाकी सडक निर्माणको ढिलाइ, विद्युत् र खानेपानीको अभाव, सडक अतिक्रमण र दुर्घटनाहरू, नयाँ बसपार्कको आवश्यकता, तथा कार्यालयहरूमा सहज सेवा नपाइएको विषयमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को ध्यानाकर्षण गराइएको छ।

शुक्रवार नागरिक समाज, मानव अधिकारकर्मी, उद्योग वाणिज्य संघका प्रतिनिधि र पत्रकारहरूको संयुक्त पहलमा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा पुगेर यी विषयमा गम्भीर चासो व्यक्त गरिएको हो।

उनीहरूले हालका प्रजिअले कार्यभार सम्हालेको चार–पाँच महिना बितिसक्दा पनि सरोकारवालासँग संयुक्त बैठक नगरेको भन्दै असन्तुष्टि जनाएका छन्। अघिल्ला प्रजिअहरूका पालामा केही काम अघि बढे पनि हाल ती काम अधूरै रहेको उल्लेख गरिएको छ।

नागरिकहरू वर्षौंदेखि धूलो, अव्यवस्था र सास्ती सहेर बस्न बाध्य भएका छन्। दबाब र आवाज नउठाएसम्म राज्यबाट सहज सेवा नपाइने अवस्था रहेको भन्दै सहभागीहरूले चिन्ता व्यक्त गरे।

प्रजिअ ज्यूले जिल्ला समन्वय समिति प्रमुखसँग समन्वय गरी यही साता भित्रै सबै सम्बन्धित निकायलाई बोलाएर समीक्षा बैठक आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

समस्याहरूको समाधानमा सबै सरोकारवाला निकायहरू सक्रिय भएर लाग्नुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय