मधेश प्रदेशमा उच्चतम बेरुजु, बागमतीमा सबैभन्दा कम : महालेखा परीक्षकको प्रतिवेदन

काठमाडौँ — महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु देखिने प्रदेश मधेश भएको छ । प्रतिवेदन अनुसार मधेश प्रदेशमा २.५७ प्रतिशत बेरुजु देखिएको छ, जुन लेखापरीक्षण गरिएका खर्चहरूमध्ये सबैभन्दा उच्च अनुपात हो।

सार्वजनिक खर्चमा पारदर्शिता र जवाफदेहिता नहुनुका कारण बेरुजु देखिएको विश्लेषण गरिएको छ। लेखापरीक्षण रकमको तुलनामा १.२६ प्रतिशत औसत बेरुजु रहेकोमा मधेश प्रदेशले त्यो भन्दा दोब्बर बढी बेरुजु देखाएको छ।

त्यसको विपरीत, सबैभन्दा कम बेरुजु देखिएको प्रदेश बागमती हो, जहाँ ०.८२ प्रतिशत बेरुजु मात्र देखिएको छ।

महालेखा परीक्षकको प्रतिवेदनले प्रदेशहरूमा आर्थिक अनुशासन, पारदर्शिता र लेखापरीक्षण सुधार आवश्यक रहेको औंल्याएको छ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय