सर्लाही निरीक्षणमा डिआइजी चतुर्वेदी : शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा कडाइको निर्देशन

सर्लाही : मधेश प्रदेशका नवनियुक्त प्रहरी प्रमुख तथा डिआइजी उमाप्रसाद चतुर्वेदीले आज सर्लाही जिल्लाको सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखा तथा हिरासत कक्ष अवलोकन गर्दै जिल्लाको समग्र सुरक्षा अवस्था र सेवा प्रवाहबारे जानकारी लिएका थिए ।
जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्का, डिएसपी सरोज राईसहित अन्य अधिकारीहरूले जिल्लाको शान्ति सुरक्षाको अवस्था तथा चुनौतिबारे जानकारी गराएका थिए ।
डिआइजी चतुर्वेदीले शान्ति सुरक्षामा अझ प्रभावकारिता ल्याउन र तस्करी नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएका छन् ।
उनले सीमावर्ती जिल्लाहरूमा तस्करीको गतिविधि बढेकाले त्यसलाई रोक्न थप निगरानी र सक्रियता आवश्यक रहेको बताए ।
सर्लाहीपछि डिआइजी चतुर्वेदीले रौतहट जिल्ला प्रहरी कार्यालय र गरुडास्थित इलाका प्रहरी कार्यालयको समेत निरीक्षण गरेका थिए । निरीक्षण टोलीमा प्रदेश प्रहरी कार्यालयका निरीक्षक बिक्रम साह पनि सहभागी थिए ।

 

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय