डिआइजी चतुर्वेदीद्वारा ढल्केबर प्रहरी कार्यालयको निरीक्षण, सुधारका लागि निर्देशन

धनुषा : मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उमा प्रसाद चतुर्वेदीले इलाका प्रहरी कार्यालय ढल्केबरको निरीक्षण तथा निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरी रेग्मीको साथमा डिआइजी चतुर्वेदी ढल्केबर पुगेर त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गरेका हुन्।

निरीक्षणको क्रममा डिआइजी चतुर्वेदीले कार्यालय परिसर, सम्पूर्ण शाखा, हिरासत कक्ष, लाइन ब्यारेक, व्यक्तिगत टर्नआउट लगायत सम्पूर्ण संरचनाको अवलोकन गरेका थिए। साथै, कार्यालयको नाममा रहेको जग्गा समेतको स्थलगत निरीक्षण गरिएको थियो।

उनले निरीक्षण पश्चात कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरू र मातहत प्रहरी युनिटका इञ्चार्जहरूलाई आआफ्नो जिम्मेवारीप्रति गम्भीर हुँदै अझ प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका छन्।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय