सर्लाही : प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमा प्रसाद चतुर्वेदीले आजदेखि मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी औपचारिक रूपमा सम्हालेका छन्। पूर्व प्रमुख डिआईजी लालमणि आचार्यको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएपछि चतुर्वेदीले उनको स्थान लिएका हुन्।
जनकपुरस्थित मधेश प्रदेश प्रहरी कार्यालयमा आयोजित स्वागत समारोहपछि डिआईजी चतुर्वेदीले कमाण्ड सम्हाल्दै मातहत प्रहरीहरुलाई स्पष्ट निर्देश दिएका छन्— अपराध नियन्त्रणमा चुस्त अनुसन्धान, पीडितमैत्री सेवा, मानव अधिकारको सम्मान र प्रहरी आचरणमा सुधार अनिवार्य हुनेछ।
उनको आगमनसँगै जनकपुरका प्रहरी कर्मचारीहरूमा उत्साहको वातावरण देखिएको छ।



