अख्तियार र CIB को नक्कली अधिकृत बनेर सर्वसाधारणलाई ठग्न खोज्ने युवक पक्राउ

धनुषा : अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को अधिकृत हुँ भन्दै सर्वसाधारण र सुरक्षाकर्मीहरूलाई समेत झुक्याएर लाभ लिन खोज्ने एक युवकलाई धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्ति धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५, कालिपुर निवासी ३३ वर्षीय रामभजन मण्डल रहेका छन् । उनी गोपाल मण्डलका छोरा हुन् ।

रामभजन मण्डलले विगत केही महिनादेखि आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र CIB, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई मानसिक दबाब दिने, धाकधम्की देखाउने, र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए ।

यस विषयमा गुप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका वडा नं. ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको हो ।

हाल उनलाई ७ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ र थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ।

प्रहरी स्रोतका अनुसार, रामभजन मण्डलको गतिविधिबाट प्रभावित हुन सक्ने अन्य व्यक्तिहरूको विवरण संकलन कार्य पनि सुरु गरिएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय