योगीसँग मुख्यमन्त्री सिंहको भेटवार्ता, मन्त्रीहरू अनभिज्ञ

जनकपुर : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेटवार्ता सकारात्मक रहेको बताएका छन्।

मुख्यमन्त्री सिंहका अनुसार भेटमा रामायण सर्किट, सीता सर्किटको विकास, अयोध्या दर्शन गर्न जाने पर्यटकका लागि जनकपुरधामलाई अनिवार्य गन्तव्य बनाउने तथा मधेश प्रदेशको धार्मिक पर्यटन प्रवर्द्धनका लागि उत्तर प्रदेश सरकारको सहयोग आवश्यक विषयमा छलफल भएको थियो।

तर, मुख्यमन्त्री सिंहको यो भ्रमणबारे मधेश प्रदेश सरकारका अन्य मन्त्रीहरू भने अनभिज्ञ रहेका छन्। ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवका अनुसार मुख्यमन्त्रीले न मन्त्रिपरिषदलाई जानकारी गराएका थिए, न त भ्रमणबारे कुनै आधिकारिक जानकारी उपलब्ध गराएका थिए।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय