बागमती पुलदेखि कमला पुलसम्म चार लेनको सडक विस्तार, अतिक्रमण नगर्न आग्रह

सर्लाही : सरकारले पूर्वपश्चिम राजमार्गलाई एशियन हाइवेको मापदण्डअनुसार चार लेनमा विस्तार गर्ने योजनालाई अघि बढाउँदै सर्लाहीको बागमती पुलदेखि सिरहाको कमला पुलसम्मको ७४.७५ किलोमिटर सडकलाई स्तरोन्नति गर्न लागेको छ ।

कमला ढल्केवर पथलैया सडक आयोजना (पूर्वी खण्ड) ले यस परियोजनाको लागि तीनवटा ठेक्का सम्झौता गरिसकेको र पुस १७ गतेदेखि निर्माण कार्य सुरु भइसकेको जनाएको छ । यसअन्तर्गत सडकलाई चौडा पार्ने, नयाँ संरचना निर्माण गर्ने तथा आधुनिक प्रविधिबाट सडक सुधार गर्ने कार्य हुनेछ ।

आयोजनाले सडक विस्तार कार्यलाई व्यवस्थित बनाउन सडक क्षेत्रभित्र कुनै पनि संरचना निर्माण, व्यापार व्यवसाय सञ्चालन वा खेतीपाती नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५-२५ मिटर क्षेत्रलाई संरचनारहित राख्न निर्देशन दिइएको छ ।

यसअघि पनि पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा पुल तथा सडक विस्तारको काम भइरहेको थियो । अब सर्लाही – सिरहा खण्डमा तीव्र गतिमा काम अघि बढाइने भएकाले यो क्षेत्रमा आवतजावत गर्ने तथा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय