सर्लाहीको गोडैता बजारमा सर्लाही कम्युनिकेशनको इन्टरनेट सेवा उद्घाटन

अरोज यादव । फागुन ६, सर्लाही  – सर्लाहीको गोडैता बजारमा सर्लाही कम्युनिकेशनको इन्टरनेट सेवा शाखा आधिकारिक रूपमा सुरु भएको छ। सोमबार दिउँसो गोडैता नगरपालिकाका नगर प्रमुख देबेन्द्र यादवले रिबन काटेर यसको उद्घाटन गरेका हुन्।

सर्लाही कम्युनिकेशनको प्रमुख कार्यालय मलंगवामा रहेको भए पनि, गोडैता क्षेत्रको पश्चिमी भेगमा इन्टरनेट सेवा सहज र सुलभ मूल्यमा उपलब्ध गराउनको लागि शाखा स्थापना गरिएको हो। नगर प्रमुख यादवले भने, “यस क्षेत्रको इन्टरनेट सेवा अब सहज र सस्तो दरमा उपलब्ध हुनेछ।”

यसअघि, यहाँका सेवाग्राहीहरूले अन्य इन्टरनेट सेवा प्रदायक संस्थाबाट असन्तुष्ट हुँदै आएका थिए, जसका कारण बारम्बार सेवा अवरोध र समस्याहरु आइरहेका थिए। विकल्पको अभावमा, उनीहरूलाई त्यही सेवाप्रदायक संस्थाबाट सेवा लिन बाध्य बनाइएको थियो।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय