चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

धिरोज ग्वाला

सर्लाहीकाे चक्रघट्टा वडा नं ५ पडरियाको श्री जनता मावि विद्यालयकामा जनशक्ती युवा क्लब धुमधामले बाल दिवस मनाइएको छ। जनशक्ति युवा क्लबको आयोजनामा ५९ औँ राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” मूल नाराका साथ भव्य रूपमा मनाईएको छ।

श्री जनता मावि विद्यालयमा ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिनुभयो।

यो कार्यक्रम पूर्व गा पा अध्यक्ष विक्रम यादव विशेष सहयोगमा त्यस्तै ईलाका प्रहरी कार्यालय चक्रघट्टाको असई जय नारायण यादव , संस्थाको सम्पूर्ण पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय