माइती नेपाल द्वारा मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण कार्यक्रम कृष्णनगरमा समपन्न

कृष्णनगर, कपिलवस्तु, कार्तिक १५

मानव वेचविखन तथा ओसारपसार संग सम्बंधित तथ्यांक व्यवस्थापन अभिमुखिकरण एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ l

कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो माइती नेपाल , सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा
कृष्णनगर नगरपालिका वडा नं १० का वडाध्यक्ष मोविन खां, १२ नं वडाध्यक्ष छेदी प्रसाद यादव, वडा नं ७ का वडाध्यक्ष राज किशोर यादव, वडा नं ११ वडाध्यक्ष फग्गू मुराउ, वडा नं १ वडाध्यक्ष तुंग नाथ चौधरी रहनुभयो l

मानव बेचविखन तथा ओसार पसार के हो? महिला तथा बाल बालिकाहरू माथी हुने मुख्य जोखिम हरू, मानव बेचविखनका कारण, समस्या पर्दा सहयोगका लागि निकायहरू , तथ्यांकको परिभाषा, तथ्यांकका विविध आयामहरू, तथ्यांकको महत्व, लगायत अन्य बिषयमा विस्तृत छलफल गरिएको थियो l

 

कार्यक्रम स्वागत तथा शुभकामना कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा उपाध्याय ले गर्नुभयो साथै कार्यक्रममाको बारेमा माइती नेपालको कार्यक्रम संयोजक माया क्षेत्री र माइती नेपालका कार्यक्रम अधिकृत श्रृष्टि गुरागाई तथा हाम्रो सम्मान परियोजना फिल्ड संयोजक लालबाबु कुशहवाले प्रकाश पार्नुभयो l कार्यक्रममा व्यवस्थापनको भुमिका माइती नेपाल द्वारा संचालित हाम्रो सम्मान परियोजना कपिलवस्तु जिल्ला फिल्ड संयोजक विकाश श्रीवास्तव ले गर्नुभयोl
कार्यक्रम कार्तिक १४ गते १-६ वडाको र आज ६- १२ वडाका सहभागी हरूमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l

उक्त कार्यक्रममा समाजसेवी, शिक्षा प्रेमी, वुद्धजीवी, वडाध्यक्षहरु, वडा सचिवहरू,पत्रकार, कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी
मानव बेचविखन नियन्त्रण वडा स्तरीय कमिटीका सदस्यहरू लगायत अन्यको उपस्थित थियो lकार्यक्रम संचालन ईश्वरी प्रसाद पौडेल ले गर्नुभयोl

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय