सर्लाहीमा ६०० लिटर घरेलु मदिरा बरामद, खाडल खनेर नष्ट

सर्लाही । सर्लाही जिल्लाको कविलासी नगरपालिका क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध घरेलु मदिरा बरामद गरेको छ। कविलासी न.पा. ८ अगर्वा चेकपोइन्टमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले चेकजाँचका क्रममा उक्त मदिरा फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हे.क्वा. सर्लाहीबाट सशस्त्र प्रहरी हवल्दार भक्त बहादुर धामीको कमाण्डमा खटिएको टोलीले नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको म्याजिक गाडी चेकजाँच गर्ने क्रममा अन्दाजी एक लाख रुपैयाँ बराबरको ६०० लिटर घरेलु मदिरा बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ ।

बरामद गरिएको मदिरा गणमा ल्याई सुरक्षित राखिएको थियो । त्यसपछि सोही दिन अपराह्न ३:५० बजे स्थानीय जनप्रतिनिधि, भद्रभलादमी तथा नेपाल प्रहरीका कर्मचारीहरूको रोहबरमा गणको पेरिमिटरभित्र खाडल खनेर मदिरा नष्ट गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

अवैध मदिरा उत्पादन तथा ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित रूपमा चेकजाँचलाई कडाइ गर्दै आएको जनाएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय