गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सार्वजनिक गरेको वक्तव्यमा आज बिहानै दुवै नेतामाथि कारबाही गरिएको उल्लेख छ।
गुरुङले यो कदम कुनै राजनीतिक प्रतिशोध नभई कानुनी प्रक्रियाको सुरुवात भएको दाबी गरेका छन्। “PROMISE IS A PROMISE : कानुनभन्दा माथि कोही छैन,” भन्दै उनले आफ्नो प्रतिबद्धता अनुसार कारबाही अघि बढाइएको बताएका छन्।
उनका अनुसार सरकार न्यायिक प्रक्रिया अघि बढाउने उद्देश्यले अगाडि बढेको हो र यसले देशलाई नयाँ दिशामा लैजाने विश्वास लिइएको छ।
यसअघि प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेको थियो।



