रामनगर–२ मा ४ सय कार्यकर्ता एमाले प्रवेश, कांग्रेसलाई धक्का

सर्लाही । प्रतिनिधि सभा चुनावको मुखमा सर्लाही क्षेत्र नं. ४ स्थित रामनगर गाउँपालिका–२ खैर्वा इनर्वामा राजनीतिक हलचल बढेको छ । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिने उक्त वडाबाट करिब ४ सय कार्यकर्ता अचानक नेकपा एमाले मा प्रवेश गरेका छन् ।

कार्यक्रममा पूर्व संविधान सभा सदस्य शिवपुजन राय यादव ले नवप्रवेशीहरूलाई फुलमाला र अबिर लगाएर स्वागत गर्दै पार्टीमा औपचारिक रूपमा प्रवेश गराएका थिए । उनले एमालेको विकास, सुशासन र जनहितको एजेन्डालाई अघि बढाउने प्रतिबद्धता दोहोर्याउँदै नयाँ सदस्यहरूले संगठन सुदृढीकरणमा सक्रिय भूमिका खेल्न आग्रह गरे ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रवेशले एमालेका उम्मेदवार अमनिस यादवलाई सर्लाही क्षेत्र नं. ४ मा स्पष्ट फाइदा पुगेको छ । क्षेत्रका मतदाता र पार्टी कार्यकर्ताको समर्थन थप मजबुत भएको देखिएको छ । अब मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश सिंह र एमालेका उम्मेदवार अमनिस यादवबीच हुने बताइएको छ ।

चुनावको अन्तिम चरणमा संगठन विस्तार र जनता बीचको सक्रियता अमनिस यादवको पक्षमा गएको छ । स्थानीय राजनीतिक वृत्तमा सर्लाही क्षेत्र नं. ४ मा चुनावी समीकरण अझ रोचक बन्ने संकेत देखिएको छ ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय