सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी जिल्ला प्रहरी कार्यालय मलङ्वामा

सर्लाही । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै सुरक्षा अवस्था बुझ्न नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) उमा प्रसाद चतुर्वेदी र नायव महानिरीक्षक (डिआईजी) गोविन्द थपलिया आज जिल्ला प्रहरी कार्यालय मलङ्वामा अनुगमन तथा निरीक्षणका लागि पुगेका छन्।

निरीक्षण कार्यक्रमका क्रममा एआईजी चतुर्वेदी र डिआईजी थपलियाले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्वाचन र पर्व अवधिमा शान्ति–सुरक्षा कायम राख्न कानुनले दिएको अधिकारको जिम्मेवार प्रयोग गर्न निर्देशन दिएका छन्। साथै, मातहत कार्यालयमा कार्यरत र निर्वाचन सुरक्षा प्रयोजनका लागि थप खटिएका प्रहरीहरूलाई अनुशासनभित्र रहँदै उच्च मनोबलका साथ कार्य सम्पादन गर्न पनि आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय मलङ्वामा भएको निरीक्षणले भरपर्दो, निष्पक्ष र विवादरहित सुरक्षा व्यवस्थापन सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ। अधिकारीहरूले आगामी निर्वाचन र होली पर्वमा जिल्लाको सुरक्षा र शान्ति मजबुत बनाउने विषयमा विशेष ध्यान दिनुपर्ने पनि बताएका छन्।

प्रहरी प्रशासनले सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी नदेखियोस् भनी आवश्यक तयारीलाई तीव्र बनाएको र कर्मचारीहरूलाई जिम्मेवार बनाइरहेको जानकारी प्राप्त भएको छ।

सरोज यादव

लेखकको बारेमा

सरोज यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय