सर्लाही । सर्लाहीमा सडक दुर्घटना घटाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न मुख्य मार्गमा सक्रिय अभियान सुरु गरेको छ। पूर्व–पश्चिम राजमार्गसहित जिल्लाभर ट्राफिक जाँच, मादक पदार्थ सेवन (मापसे) नियन्त्रण र नियम उल्लंघन गर्ने चालकलाई कारबाही गर्ने काम भइरहेको छ।
उखु लोड गर्ने गाडीबाट हुने दुर्घटना कम गर्न सूचना ब्यानर र सचेतनामूलक जानकारी पनि प्रदान गरिएको छ। प्रहरी निरीक्षक अशोक साहका अनुसार, यी पहलले सडक सुरक्षा बलियो बनाउने र जनधनको संरक्षणमा मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।



