रविदास जयन्तीको सम्मानमा मधेस प्रदेशमा माघ १८ गते सार्वजनिक बिदा

जनकपुरधाम । मधेस प्रदेश सरकारले रविदास जयन्तीको अवसरमा माघ १८ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । दलित तथा सीमान्तकृत समुदायले श्रद्धा र भक्तिपूर्वक मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) लाई सम्मान गर्दै प्रदेश सरकारले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले बिहीबार जारी गरेको सूचनाअनुसार मन्त्रिपरिषद्को मंसिर १६ गते बसेको बैठकले उक्त निर्णय गरेको थियो । सोही निर्णयअनुसार माघ १८ गते सार्वजनिक बिदा लागू हुने उनले जानकारी दिएका छन् ।

प्रदेश सरकारको यो निर्णयले मधेस प्रदेशभित्र बसोबास गर्ने दलित तथा सीमान्तकृत समुदायप्रति राज्यको सम्मान र समावेशी सोचलाई प्रतिबिम्बित गर्ने अपेक्षा गरिएको छ ।

 

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय