प्रहरीका उच्च अधिकारीसँग पहुँच भएको भन्दै धाकधम्की दिने युवक पक्राउ

सर्लाही । प्रहरीका उच्च अधिकारीसँग पहुँच भएको भन्दै होटलमा धाकधम्की र डरत्रास देखाएको आरोपमा एक युवक पक्राउ परेका छन् ।

शुक्रबार अपराह्न ३:४५ बजे सर्लाहीको बागमती नगरपालिका–१२, कर्मैयास्थित न्यू कालिका होटल एण्ड गेष्ट हाउसमा रौतहटको चन्द्रपुर नगरपालिका–६, बेल्डी टोल निवासी लालगिरीका छोरा अन्दाजी २९ वर्षका रमेश गिरी उर्फ झनबहादुर गिरीले खाजा–नास्ता खाई रक्सी सेवनपछि आफू प्रहरीका उच्च अधिकारीसँग पहुँच भएको भन्दै होटल सञ्चालक पक्षलाई धाकधम्की दिएका थिए ।

धाकधम्कीका साथै डरत्रास सिर्जना गर्दै हातपात गर्न खोजेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको हो।

होटल सञ्चालक प्रेम घिसिङका भाइ लालबहादुर घिसिङको जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट अभद्र व्यवहार कसुरमा १० दिनको म्याद थप गरी हाल इलाका प्रहरी कार्यालय हरिवनबाट थप अनुसन्धान भइरहेको छ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय