सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका नेता प्रमोद साहको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सर्वसम्मत रूपमा पहिलो नम्बरमा सिफारिस गरिएको छ।
साह यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन्। सांसद रहँदा उनले सडक, शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणका क्षेत्रमा उल्लेखनीय काम गरेको स्थानीयवासीहरूको भनाइ छ। पार्टीले पुनः साहलाई उम्मेदवारका रूपमा अघि सारेपछि क्षेत्र नम्बर १ का मतदाताहरू उत्साहित देखिएका छन्।
स्थानीयवासीहरूले आगामी दिनमा पनि उनले क्षेत्रको समग्र विकासमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।



