सर्लाहीमा थपिए २२ हजार ५ सय ७९ मतदाता

सर्लाही । सर्लाहीमा २२ हजार ५ सय ७९ नयाँ मतदाता थपिएका छन् । पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन मंसिर ५ गते शुक्रबारसम्ममा सो संख्यामा मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने गरी समय निर्धारण गरेपछि गत असोज १० गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालय मलंगवा सर्लाहीका कार्यालय प्रमुख शिव नारायण साहका अनुसार, जिल्ला निर्वाचन कार्यालयमा भौतिक उपस्थिति मार्फत ६ हजार ४ सय ८४ र राष्ट्रिय परिचयपत्र मार्फत १६ हजार पन्चानब्बे जनाले नाम दर्ता गराएका हुन् । यो सहित अब जिल्लामा कुल मतदाताको संख्या ४ लाख ९६ हजार ४ सय ८८ पुगेको उनले जनाएका छन् ।

तर पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण र राष्ट्रिय परिचयपत्र मार्फत मतदाता नामावलीमा नयाँ दर्ता संख्या १६ हजार पन्चानब्बेको हाल रुजु र प्रमाणीकरण कार्य भइरहेकोले जिल्लाको कुल मतदाता संख्यामा फेरबदल हुने निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर अरबिन्द कुमार झाले बताएका छन् ।

एसपी यादव

लेखकको बारेमा

एसपी यादव

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर