गैरहाजिर २७ प्रहरी कर्मचारीलाई हाजिर अल्टिमेटम: सात दिनभित्र नआए कारबाही

काठमाडौ । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि गैरहाजिर रहेका २७ प्रहरी कर्मचारीलाई तुरुन्तै कार्यस्थलमा फर्किन निर्देशन दिएको छ। उनीहरूको नाम, ठेगाना र गैरहाजिर भएको मिति सार्वजनिक गर्दै कार्यालयले ‘बाटोको म्याद’ बाहेक सात दिनभित्र अनिवार्य हाजिर हुन आग्रह गरेको हो।

कार्यालयले हाजिर हुन आउने क्रममा गैरहाजिर रहनुको स्पष्ट र सन्तोषजनक कारण नबुझाए सम्बन्धित प्रहरीमाथि कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ। कार्यालयका अनुसार निरन्तर गैरहाजिर बस्नु सेवा आचारसंहिताविरुद्ध भएकाले कडाइका साथ अनुशासनिक प्रक्रिया अघि बढाइनेछ।

प्रदेश डायरी

लेखकको बारेमा

प्रदेश डायरी

लेखकबाट थप


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय